नेकपाका कार्यकर्तामाथि धरपकड

काठमाडौं, २२ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द गरेको छ । यसैक्रममा प्रहरीले देशभरका नेकपाका कार्यकर्तामाथि धरपकड गरेको समाचार प्राप्त भएको छ । प्रहरीले प्युठानवाट जिल्ला नेता केशब र चिन्तामणिलाई पक्राउ गरेको बताइएको छ । यसैगरी प्रहरीले बाग्लुङ्ग वाट जिल्ला नेता विकिरण र सुमित घर्तिलाई पक्राउ गरेको छ । त्यस्तै नवलपरासीवाट प्रहरीले जिल्ला नेता शक्तिलाई गिरफ्तार गरेको छ भने बाँकेबाट जिल्ला जनपरिषद प्रमुख देवबहादुर राेकायलाई प्रहरीले घरबाटै गिरफ्तार गरेको छ ।