दोस्रो जनयुद्धको घोषणा गर्नुपर्छ – टेकराज के.सी. ‘शक्तिशाली’, पूव पि.एल.ए.
२०५२ साल फाल्गुन १ गते शुरु गरिएको जनयुद्धले १० वर्षनिरन्तर पायो कि जति बेेलासम्म हजारौको बलिदानले मात्र नेपालमा विभिन्न परिवर्तनको शुरुवात भएकै हो । अनि १० वर्षो जनयुद्ध २०६२/०६३ को जन आन्दोलनले नेपालमा वर्षौ सम्म एकछत्रिय शासन चलाइरहेको राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना गरिएको आम नेपाली जनतालाई थाहै भएको कुरा हो । अनि जनवादी क्रान्ति, जन संविधान रसेना समायोजनलाई मुख्य एजेण्डा भन्ने एकिकृत ने.क.पा. माओवादी अध्यक्ष क. प्रचण्ड अन्ततः मुख्य विषय भनिएका मुख्य एजेण्डालाई नै आम नेपाली जनता माझ भूमित बनाउदै क प्रचन्डले गद्धारी पूण् तरिकाबाट नेपाली क्रान्तीलाई नै धोका दिई विदेशी नोकरशाही दलालको चङगुलमा फसे । अन्तत आम नेपाली जनता, सिङ्गो पार्टी कार्यकर्ता लगायत जनमुक्ति सेनाका सपनामा होली खेले । नौलो जनवादी क्रान्तिको खोक्रो भाषण गरेर नयाँ संविधानको कुरा गरेर आज सबै नितिलाई विच बाटोमा नै छाडेर पूजिवादका कुरा गर्दै बिदेशीको इशारामा दलालको गोटी बनेर नाचिरहेका छन् । यति मात्रै होइन क. बाबुराम भट्टर्राईलाई प्रधानमन्त्री बनाएर विभिन्न खाले राष्ट्रघाती सम्झौता गरेर अति संविधान बनाउने बहानामा संविधानसभा नै भङ्ग गरिदिए । हिजो संविधान सभाद्वारा जनसंविधान लेखेरै छाड्छौ भन्दै हिड्ने प्रचण्ड आज संविधानसभा नै भङ्ग गराउन लगाएर विदेशी दलाल पूजिपति वर्गसँग आत्मर्समर्पण गरी एकछत्र राज गर्ने नीति अपनाइरहेका छन् । खबदार प्रचण्ड बाबुराम ! यदि तिमीहरूले यसै प्रकारले सोँचैका हौ भने तिमीहरूको सपना नेपाली जनताले पूरा गर्न दिने छैनन् । तिमीहरूले जसरी नेपाली क्रन्ति प्रति गद्धारी गरिरहेका छौं, अव नेपाली जनताले बुझिसकेको छन् । प्रचण्ड, बाबुराम नव संशोधन वादमा फसिसके भन्न्े कुरा घाम जस्तै र्छलङ्ग भै सकेको छ । संविधान सभा मार्फ नेपाली जनतालाई नयाँ संविधानबाट बञ्चित बनाएर दोस्रो संविधानको निर्वाचन गर्ने तम्सिएका प्रचण्ड बाबुराम जी अब दोस्रो संविधान सभा होइन अब नेपालमा आम नेपाली जनता सम्पूण् युवाशत्ति जनवादी क्रन्तिका पक्षधार सबैले जनसंविधान लेख्न दोस्रो जनयुद्धको शुरुवात गर्न आतुर छन् । हिजोका १० वर्षो जनयुद्धमा बिर शहिदहरूको सपना खोई- त्यसैले महान् बिरशहिदहरूको तातो रगत अझै सेलाईसकेको छैन । त्यसैले हिजो शान्ति प्रक्रिया आउने बेलासम्म ७ औ डिभिजन जनमुक्ति सेना आज दोस्रो जनयुद्धको शुरुवात गर्ने नै हो भने शुरुमा १० डिभिजनले एक साथ दोस्रो जनयुद्धमा होमिन तयार छन् । यति मात्र होइन हिजो दलाल पूजिपति वर्गको बिरोघ गर्ने प्रचण्ड भट्टर्राई जी नेपाली जनता जनमुक्ति सेनाको अर्थात बिर शहिदको रगत पसिनाले आजको सम्पत्तिमा होली खोलिरहेको छन् । ठुला ठुला महलमा चिल्ला चिल्ला कारमा रमाइरहेका छन् । प्रचण्ड बाबुराम जी यदि जनताको निम्ति क्रान्ति गर्छुुन्नेले त अलिकति लाज लाग्न पथ्र्यौ । फेरी पनि यसको अर्थ यो हाइन कि तिमीहरूलाई नेपाली जनताले हजारौ बिर शहिदको बलिदानले आर्जेको सम्पत्ति माथि राज गरेर धन्यवाद दिन अवस्य सक्दैन बरु त्रि्रा करौडौका घरहरूमा आम र्सवहारा वर्गले क्रान्तिको झण्डा फहराइदिनेछन् । अनि संविधानको नाममा जनमुक्ति सेनालाई विर्सजनवादमा धकेली दिएर नेपाली सेनामा आत्मर्सपण गराएर आफै क्रान्तिको नायक ठान्ने प्रचण्ड जी तपाईको नीति नै गलत थियो की- हिजो नेपाली क्रन्तिको निम्ति एक किसिमको त्याग बलिदान जनमुक्ति सेनाले नगरिदिएको भए सायद नेपालमा यति ठूलो परिवर्तन सम्भव थिएन होला । तर प्रचण्ड जी शान्ति प्रक्रियासंगै अनि सत्तालिप्साका कारण हिजोका सबै त्याग र बलिदानलाई भुलेर शित्तल निबासको हावाले अल्मलाई दिएको होकी- अनि एक समूह जनमुक्ति सेना जो बर्हिगमनको नाममा रित्तो हात समाजमा फर्काइनुले पनि स्पष्ट हुन्छकी प्रचण्ड जी कुनै विदेशीको फन्दामा परेकै हुन् । उनै प्रचण्ड बाबुरामको नीति र भाषण थियो बर्हिगमनमा परे भन्दैमा आत्निु पर्दैन । तपाईहरूलाई कुनै पनि हालतमा नेपाली सेनामा समायोजन गर्र्छौ । यदि तपाईहरूलाई घात भयो भने हामीले राजनीति गर्नुको कुनै अर्थ हुने छैन भन्ने भाषण भाषणमामा मात्रै सिमित भयो । अझ महत्वपूण् कुरा त के छ भने बर्हिगमनमा परेकालाई त नेपाली सेनामा समायोजन गर्नुको कुरै छाडौ योग्य भनिएका जनमुक्ति सेनालाई २/४ लाखको प्रलोभन देखाएर पैसामा तुलना गरेर पैसासँगै साट्ने त्रि्रो नीति अवसरवादको पराकष्ट थिएन र – प्रचण्ड जी हिजो तिमीहरूकै बोली थियो हामी १९६०२ योग्य जनमुक्ति सेनालाई छाती, हाइट नापेर नेपाली सेनामा समायोजन गर्ने छैनौ । बरु नेपाली सेनालाई जनमुक्तिसेनामा समायोजन गर्ने छौ भन्ने पनि तपाईकै नीति जनमुक्ति सेना सामु गरेको भाषण होइन र प्रचण्ड जी- अनि तपाईकै नीति होइन र खोई आज यो नीति लागू गरेको बरु तपाई त एक पटक शित्तल निवासमा छिर्दा सायद सबै नीतिलाई विर्सजन वादमा धकेली दिएर पूजिवादको नीति लिएर पो निस्कनु भएछ कि कसो- अझ एकताको सातौ महाधिवेशनको नाममा आर्थिक क्रन्तिको नीतिले झनै अचम्म बनाइदियो कि एमाओवादीले आर्थिक क्रान्तिद्वारा नेपालमा परिवर्तन ल्याउने रे ! नेपाललाई धनि बनाउने कति लाजमर्दो कुरा यति सम्मकी सामान्य मान्छेले समेत बुझ्ने कुरा पार्टीे नाममा जनमुक्ति सेनाको श्रम शोषण गरेर अथवा १९ हजार ६०२ जनाबाट मासिक एक हजार -१०००) को दरले उठाएको करौडौ अरबौ रकमले अतालिएर आर्थिक क्रान्तिको नीति ल्याउने पर्ने बाध्यता थियो । यसको अर्थ यो हो की आर्थिक त्रान्तिको नाममा जनमुक्ति सेनाबाट लुटेको रकम आफूहरूले स्थापित गराउनका निम्ति जनता सामू आर्थिक क्रान्तिको भ्रमको जालो फ्याकिरहेका छन् । किनकी यसको पुष्टि शिखरमा भएको अनियमितताको छनविन नगर्नु छानविन समिति गठन गरेर छानविन समितिले प्रतिबेदन बुझाउन नसक्नु सातौ महाधिबेशनमा शिविरमा भएको अनयमितताको हिसाब किताब माग्दा यसको कुनै सुनुवाई नगर्नुले पनि थप पुष्टि गर्छ कि आर्थिक क्रान्तिको नीति यो बाहेक अरु हुँदै होइन भनेर सामान्य नेपाली जनताले बुझिसके । की आर्थिक क्रान्तिको नीति नै यदि हो भने जनमुक्ति सेनाबाट मासिक १००० -एक हजार) को दरले उठाएको रकम र अरुको नामबाट पुरै भत्ता बुझेर त्यसको हिसाव नेपाली जनतालाई साक्षी राखेर र्सार्वजनिक गरिनु पर्छ र पथ्र्यो । प्रचण्ड बाबुराम आफूहरूलाई राष्ट्रवादी र जनताको सामू र्सवहारा बर्गको नेता भन्नु नै गलत सावित हुने त माथि प्रमाणहरूले निश्चित भईसक्यो । त्यसैले आम नेपाली जनताले अब बुझ्नै पर्ने कुरा नेपाली क्रान्ति पुरा गर्नको निम्ति अर्थात जनशंविधान लेख्नको लागि ने.क.पा. – माओवादीले अघि सारेका नीति जनयुद्धको जगमा जनव्रि्रोहको लाइनबाटै नेपाली क्रान्ति पुरा गर्न सम्भव छ । यदि मात्र होइन सच्चा देशभक्त, आम नेपाली दाजु भाई दिदिबहिनीहरू लगायत आ-आफ्ना ठाउँबाट नयाँ जनवादी क्रान्तिको निम्ति अर्थात नयाँ जनसंविधानको निम्ति एकपटक जुरमुराउन जरुरी छ । जनविरोधी, राष्ट्रघाती, दलाल, पूजिपति नोकरशाही विदेशी साम्राज्यवाद, विस्तारवाद, नवशंशोधनवादका विरुद्ध पुन एकपटक क्रान्तिको निम्ति जनव्रि्रोह अति आवश्यक भएकोले जति बेला आवश्यक पर्छ त्यति बेला आ-आफ्नो ठाउँबाट लाग्नु अपिल पनि गर्दछु । साथै नेपाली जनता, नेपाली क्रान्तिको विरुद्ध कोही कसैले विश्वास घात गर्छ भने अनि नयाँ संविधानको नाममा नेपाली जनताको सामु आँच आउने काम गरियो भने १० औ डिभिजन जनमुक्ति सेनाको घोषणा गरेर पुन दोस्रो जनयुद्धमा जानु बाहेक अर्को विकल्प नै हुनेछैन । त्यसैले यदि यथास्थितिमा जनविरोधी काम गरियो भने पनि नेपाली जनता चुप लागेर बस्ने छैनन् । त्यतिबेला राष्ट्रघाती र सच्चा क्रान्तिकारीहरू विच ठुलो संर्घष हुनेछ । त्यतिबेला जनताले नै फैसला गर्नेछन् ।