महिला विहेपछि र पुरुष सम्बन्ध विच्छेदप्रति मोटाउने !

२०७५ बैशाख २३ गते, आईतवार

काठमाडौं, २३ बैशाख । अमेरिकामा गरिएको पछिल्लो अनुसन्धानले विहेपछि महिलाहरू मोटाउने र सम्बन्ध विच्छेदप्रति पुरुषहरू मोटाउने तथ्य पत्ता लगाएको छ । ओहायो विश्वविद्यालयमा गरिएको अनुसन्धानले यस्तो देखाएको हो । महिलाहरूले विहेपछि आफ्ना पतिको वा कर्मघरका मान्छेहरूको बढि सेवा सुश्रुषा गर्नुपर्ने हुन्छ, जसका कारण उनीहरूले आफ्नो सरीरको तन्दुरुस्तीको लागि समय दिन पाउँदैनन् । बिहेपछि महिलाहरू बढि आत्मविश्वासी बन्ने र आफ्नो जिउडाल र सुन्दरताको मामिलालाई कम मात्र महत्व दिने गरेकाले पनि सरिर मोटाउँदै जाने अनुसन्धानकर्ताहरू बताउँछन् । अध्ययनकर्ताहरूले पुरुषहरू भने विहेपछि दुब्लाउने र डिभोर्सपछि मोटाउने गरेको बताउँछन् । विहेपछि पुरुषहरूले मानसिक मात्र होइन शारीरिक रूपमै बढी उर्जा खर्च गर्नुपर्ने हुन्छ । अर्को कुरा बिहेपछि पुरुषहरू आफ्नो तन्दुरुस्तीको मामिलामा समेत महिलाको भर पर्छन् त्यसैले जब डिभोर्स पछि उनीहरू एक्ला हुन्छन् उनीहरूलाई व्यायामको होस हुँदैन र मोटाउँछन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार