गोर्खाल्याण्ड माग्दै अनिश्चितकालीन हड्ताल

२०७० श्रावण २० गते, आईतवार

काठमाडौं, २० साउन । सरकारले आन्ध्र प्रदेशलाई विभाजन गरेर नयाँ राज्य गठनको प्रक्रिया अघि वढाएपछि भारतको दार्जिलिङमा समेत अलग राज्य गोर्खाल्याण्डको माग चर्किएको छ । गोर्खा जनमुक्ति मोर्चाको आव्हानमा गोर्खाल्याण्ड माग गर्दै आजदेखि अनिश्चितकालीन हड्ताल शुरु भएको छ ।यसअघि गत सोमवारदेखि तीन दिने वन्द आव्हान गरिएको थियो । मागप्रति केन्द्र सरकार गम्भीर नभएको भन्दै मोर्चाले हड्ताल लम्व्याउने निर्णय गरेको मोर्चाका सहसचिव विनय तामाङले जानकारी दिए ।हड्तालका कारण दार्जिलिङको जनजीवन अस्तव्यस्त वनेको हाम्रा सहकर्मीले जनाएका छन् ।
हड्तालको पूर्व सन्ध्यामा हिजो वन्दकारीले दार्जिलिङका विभिन्न स्थानमा आगजनी तथा तोडफोड गरेका छन् । क्रान्तिकारी माक्र्सवादी कम्युनिष्ट पार्टीको भ्रातृ संगठन गणतान्त्रिक क्रान्तिकारी युवा मोर्चाले करिव दुई वर्ष अघि सम्झौता गरिएको गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सम्झौता पत्र जलाएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु