नेपाल बन्दको प्रभाब : ठाउँठाउँमा बम विष्फोट, बस , ट्रक र ट्याक्सीमा आगजनी र तोडफोड

२०७५ बैशाख ३० गते, आईतवार

काठमाडौं, ३० बैशाख । नेपाल कम्युनिस्ट पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा सरकारले अरुण–३ शिलन्यासलगायतका राष्ट्रघाती सम्झौता भएको भन्दै आज गरेको नेपाल बन्दको चौतर्फी प्रभाब परेको छ । बन्दको अबज्ञा गर्दै चलेका सवारी साधनमा आगजनी गर्नको साथै तोडफोड भएको छ । यसै क्रममा आज बिहानै काठमाडौँमा दुईवटा ट्याक्सीमा तोडफोड भएको छ ।
त्यसैगरी झापाको मेचिनगर नगरपालिकामा सुर्योदय यातायात प्रा.लि.को बसमा अज्ञात समूहले बम विस्फोट भएको बताइएको छ । बिस्फोटबाट बस पुर्ण रुपमा क्षतिग्रस्त बनेको छ । त्यस्तैगरी झापाको बुट्टाबारिमापनि बम फेला परेको छ । झापाकै सुरुङ्गामा बम विस्फोट भएको छ ।
त्यसैगरी प्रचण्ड र मिनप्रसादको भाटभटेनीमा शक्तिशाली बम विष्फोट भएको छ । बिहान चितवन जिल्लाको भरतपुर महानगरपालिकामा रहेको भाटभटेनीमा विष्फोट भएको बताइएको छ ।
उता यस्तै खैरेनी नगरपालिकाको पर्शा बजार, राप्ती नगरपालिकामा रहेको चिप्ले स्थित वडा नम्वर १ को कार्यालयमा शक्तिशाली बम विस्फोट भएको बताइएको छ ।
बन्दको प्रभावले चितवन, झापा, धरान, विराटनगर, बर्दिबास, पोखरा, नवलपरासी, बुटवल, कञ्चनपुर, काठमाडौंलगायत देशैभरीका विभिन्न ठुला साना शहरमा यातायात चल्न सकेका छैनन् भने बिहानै देखि सडक सुनसान रहेको छन् ।

प्रतिक्रियाहरु

[anycomment]