स्थानीय जनताले नेकपाका कार्यकर्तालाई प्रहरी कब्जावाट छुटाए

२०७५ बैशाख ३१ गते, सोमबार

काठमाडौं, ३१ बैशाख । नेपाल बन्दको सिलसिलामा आइतबार पक्राउ परेका नेकपाका कार्यकर्तालाई लैजान लागेको प्रहरीको स्कर्टिङ टोलीमाथि स्थानीय जनताले हस्तक्षेप गरि नेकपाका कार्यकर्ता छुटाएर लगेका छन् । नेपाल बन्दका क्रममा त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत पर्ने त्रिपुराकोट बगरबजारबाट डोल्पा मुड्केचुला गाउँपालिका–९ घर भएका उक्त दलका जिल्ला सदस्य सागर शाहीलाई त्रिपुराकोट प्रहरीले पक्राउ गरेर राखेको थियो ।
आज बिहानै त्रिपुराकोट प्रहरी चौकीबाट स्कर्टिङ गरेर सदस्य शाहीलाई जिल्ला प्रहरी कार्यालय दुनैतर्फ लैजाँदै गर्दा ठूलीभेरी नगरपालिका–९ अन्तर्गत पर्ने भेत्तिडाँडोमा स्थानीयले प्रहरी हवल्दार धनसिं कठायत र प्रज जयलाल बस्नेतको टोलिमाथि हस्तक्षेप गरी छुटाएर लगेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले बताए ।

प्रतिक्रियाहरु

[anycomment]