आज ५४ औं विद्यार्थी दिवस , अखिल (क्रान्तिकारी)द्वारा विद्यार्थी -याली र सभाको आयोजना

२०७५ जेष्ठ १ गते, मंगलवार

काठमाडौं, १ जेठ । ५४ औं विद्यार्थी दिवसको अवसर पारेर अखिल (क्रान्तिकारी)ले आज बिशाल विद्यार्थी -याली तथा सभा आयोजना गर्न लागेको अखिल क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकालले जानकारी दिएका छन ।
जेठ १ गते काठमाडौ जाऔ, बिशाल विद्यार्थी सभा भब्यरुपमा सफल पारौं भन्ने नाराका साथ मध्यान्ह साढे १२ बजे लैनचोर खेलमैदानमा हुने विद्यार्थी दिवसको तयारी पुरा भएको अध्यक्ष ढकालले बताए ।
अध्यक्ष ढकालले राज्यको लगानी रहेको सार्वजनिक शिक्षा मजबूत् , नीजि विद्यालयहरुको मनलाग्दी शुल्क अन्त्य, विश्व विद्यालयमा राजनीतिक भागवन्डाको अन्त्य र शिक्षामा राज्यले २० प्रतिशत लगानी गर्ने सुनिश्चितता लगायतका बिषयमा आफ्नो संगठन दृढ भएको बताए ।
समाजवादी शिक्षा प्राप्तिको आन्दोलन र निजि शिक्षाको अन्तको लागि आफ्नो संगठन जस्तो सुकै संघर्ष मा जान पनि तयार भएको अध्यक्ष ढकालको ठोकुवा छ ।

प्रतिक्रियाहरु

[anycomment]