पत्रकारलाई घरमै गोली हानी हत्या

२०७५ जेष्ठ १६ गते, बुधबार

काठमाडौं, १६ जेठ । युक्रेनको किभमा कार्यरत रुसका ४१ वर्षीय पत्रकार आरकादी बाब्चेन्कोको निवासमै गोली हानी हत्या भएको छ । उनकी श्रीमतीले घरको ढोकामा गोली लागेर रगताम्य अवस्थामा उनलाई फेला पारेकी थिइन् । रोटी किन्न गएको समयमा पर्खेर बसेका अज्ञात ब्यक्तिले घर फर्कने क्रममा उनलाई गोली हानेको सुरक्षाकर्मीको दाबी छ ।
घटनालगत्तै उपचारका लागि लैजाने क्रममा एम्बुलेन्समै उनको निधन भएको हो । रुसको सैनिक बिमान दुर्घटनापछि आफूलाई हत्याको धम्की आउने गरेको खुलासा आरकादीले गरेका थिए । युद्धसम्बन्धी समाचारका संवाददाता आरकादी शुरुमा प्रागमा कार्यरत थिए । उनी पछिल्लो समय युक्रेनको एटीआर टीभीका प्रस्तोताका रुपमा कार्यरत थिए । उनी रुसका दक्ष पत्रकारको रुपमा परिचित थिए । घटनामा संलग्नहरुको खोजी भइरहेको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।-एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]