कर – वैरागी जेठा

२०७५ जेष्ठ १८ गते, शुक्रबार

शहीदका थोपा थोपामा
मज्दूरका पसिनाका नदीहरूमा
ऊर्जाशील कर
हामी क्रान्तिकारीमा
विरामीका वेडहरूमा
उसले पिउँने पानीमा
इन्कलाब कर
भो नबोल मान्छे
तिम्रा बोलीहरूमा
कर लाग्दै छ
मौन बस
मल्लका ठाँटीहरूमा
ठाँटीमा बस्दा होस्
पेटीमा हिँडोस्
करले छोड्ने वाला छैन
गाँस बास र कपासका कुराहरू नगर
अब यो शहरमा
किसानको बारीमा लाग्छ कर
त्यहीँबाट आएका सामानहरू
वातावरणलाई उछिन्न खोज्छन्
विरामीले तिरेका कर
सिँहजस्ता व्यापारीहरूलाई
सहज हुन्छ !
जिन्दावाद मूर्दावाद तिर नदगुर मान्छे
कोलाहाल छ

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार