विप्लव र बादल – सिताराम के.सी. ‘ध्रुब’

२०७५ जेष्ठ १९ गते, शनिबार

अचेल सगरमाथातिर
विशेष चर्चा-परिचर्चा
विप्लव र बादलको चलेको छ
हिजो महासमरमा
एउटै उदेश्यका सारथि
विप्लव र बादल
आज दुई बिपरित ध्रुवमा पुगेकाछन्
विडम्बना! दुई ध्रुवबीच
पुरानो मित्रता हराइसकेको छ
सपनाहरू फेरिँदा
एक-आपासमा दुश्मनी बढेको छ
बादलले नाम फेरिएको
पुँजीवादी सत्तामा पुगेर
जनवादी, समाजवादी आन्दोलन बिरुद्ध
दमनचक्र मच्चाएका छन्
विप्लवले दमन चक्रको
प्रतिरोध गर्ने घोषणा गर्दै
एकीकृत क्रान्तिको रणनीतिबाट
राज्यलाई चुनोैैति दिएका छन् ।

खुला आँखाले हेर्दा !
विप्लव इमानदार देखिन्छन्
क्रान्तिकारी देखिन्छन्
बिचार, सिद्धान्त र
कार्यक्रमको हिसाबले
जनपक्षीय देखिन्छन्
सहिदका सपना पुरागर्न
दृढ संकल्पित देखिन्छन्
इतिहासको समीक्षा गर्दै
नयाँ क्रान्तिको तयारीमा देखिन्छन् ।

विप्लव सफल हुन्छन् कि हुदैनन् ?
विप्लवको सफलता
उहि प्रचण्डको जस्तै
नातावाद, परिवारवादमा सिद्धिने हो वा
बैज्ञानिक समाजवादसम्म पुग्ने हो ?
त्यो भबिस्यको गर्भमा छ
तर, अहिले सम्म विप्लव
आमुल परिवर्तनको पक्षमा नै देखिन्छन्
यो अोैँशीको कालरात्रीमा
प्रतिक्रान्तिले देश निलेको पल
एउटा आशालाग्दो
जुनकीरीको संगित बनेका छन् ।

खुला आँखाले हेर्दा !
हिजोका सालिन बादल
आज निकै क्रुर देखिन्छन्
कथित मुर्दा शान्ति र
समृद्धिको बहानामा
महाकालीवाला सँग मिलेर
साचो शान्ति र समृद्धि बिरुद्ध
साचो परिवर्तन र क्रान्ति बिरुद्ध
“प्रभु” लाई रिझाउन
मरिहत्ते गरेर लागेका छन् ।

यतिबेला बादललाई
दक्षिणपन्थी हाबा-हुरीले उडाएको छ
प्रचण्डलाई लाल गद्दार भन्ने बादल
अहिले एक नम्बरको
लाल गद्दार आफैं बनेकाछन्
जब साम्राज्यवाद र बिस्तारवादले
बादलको आँखामा
कालो पट्टी बाँध्न सफल भयो
त्यसपछि उनले क्रान्तिलाई
अतिवाद, आंकतवाद देख्न थालेकाछन्
जनयुद्धको “ज” उच्चारण
कसैले गर्यो भने,
दलाल पुजीवादी राज्य बिरुद्ध
कसैले बोल्यो भने,
उनलाई “एलर्जी” हुन थालेको छ

स्वयम बादलले आफैं
तिन दशक देखि भन्दै आएको
“दलाल फलाउने” सिंहदरबार
अझै फेरिएको छैन
तर बादल र बादलहरू फेरिए
बादल र बादलहरू
फेरिका मात्रै छैनन्
त्यही “दलाल फलाउने” सिंहदरबारको
अंगरक्षक बनेर
माअोवाद र सर्वहारा क्रान्ति बिरुद्ध
हात धोएर लागेकाछन्

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भरतपुर हिरासतका ती दिन

२०८२ बैशाख ८ गते, सोमबार

गीत : ए हावा

२०८२ बैशाख ४ गते, बिहीबार

सस्तो मूल्यमा बिक्रीमा छ

२०८२ बैशाख २ गते, मंगलवार