ज्वालामुखी विस्फोट , ७ जनाको मृत्यु
काठमाडौं, २१ जेठ । मध्य अमेरिकी मुलुक ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । राजधानी ग्वाटेमाला सिटीबाट करिब ४० किलोमिटर टाढा दक्षिण–पश्चिममा ज्वालामुखी विस्फोट हुँदा करिब ३ सय घाइते भएका छन् । ज्वालामुखीबाट निस्किएको खरानी टाढाटाढासम्म पुग्दा राजधानीको विमानस्थलसमेत बन्द भएको छ । ज्वालामुखीबाट करिब १० लाख मानिस प्रभावित भएको ग्वाटेमाला सरकारले जनाएको छ ।
यसैबीच राष्ट्रपति जेम्मी मोरालेसले मुलुकमा राष्ट्रिय संकटकाल घोषणा गर्दै प्रभावितहरुलाई उद्दार गर्न निर्देशन दिएका छन् । -एजेन्सी