‘विद्यार्थी आन्दोलन र अबको बाटो’ विषयक अन्तरक्रिया हुदै

२०७५ जेष्ठ २७ गते, आईतवार

काठमाडौं, २७ जेठ । नेकपानिकट अखिल क्रान्तिकारीसहित ८ विद्यार्थी संगठनले आज संयुक्त रुपमा ‘विद्यार्थी आन्दोलन र अबको बाटो’ विषयक अन्तरक्रिया गर्ने जनाएका छन् । अन्तरक्रिया दिउसो ११ बजे प्रज्ञाप्रतिष्ठान, कमलादीमा ८ वटै सम्वन्धित संगठनका पार्टी प्रमुखहरूको उपस्थितिमा हुने बताइएको छ । अन्तरक्रिया कार्यक्रममा डा. बावुराम भट्टराई , राजकिशोर यादव , उपेन्द्र यादव, सी.पि गजुरेल., नेत्र विक्रम चन्द ” विप्लव” , .सि. पि म‌ैनाली , गोपाल किराँती , चन्द्रबहादुर थापा ” सागर ” ले आठ विद्याथी संगठनले गरिरहेको आन्दोलनमा समर्थन गर्ने बताइएको छ ।
यस अघि ८ विद्यार्थी संगठनले बैठक बसेर निजी शिक्षामा तीव्र गतिमा बढिरहेको निजी तथा व्यापारीकरण र माफियाकरण विरुद्ध संघर्ष कार्यक्रम तय गर्न र सार्वजनिक शिक्षामा नागरिकको पहुँच वृद्धि गराउन एउटा शक्तिशाली कार्यदल गठन गर्ने निर्णय समेत गरिसकेको विज्ञप्ति जारी गरि जनाएका छन । बिहीबार अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालयमा बसेको आठ विद्यार्थी संगठनको संयुक्त बैठकले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि र निजी शिक्षाका संचालकहरुले चर्को रुपमा बढाएको शुल्क तत्काल फिर्ता गर्न सरकारलाई चेतावनी दिएका छन् । ८ विद्यार्थी संगठनले ओली सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा गरिएको मूल्य वृद्धिले सर्वसाधारण चरम महँगीको मारमा परेको भन्दै वृद्धि गरिएको मूल्य तुरुन्त फिर्ता गर्न माग गरेको हो । उनीहरुले आफ्नो मागलाई बेवास्ता गरिए कडा संघर्षमा उत्रने चेतावनी समेत दिएका छन् । यसैगरी उनीहरुले निजी बिद्यालयले मुल्य वृद्धि गरेदेखि सरकारको ध्यानाकर्षण गराउँदै आइरहेको तर सरकारले बेवास्ता गरेको भन्दै सरकारको घोर भत्सर्ना गर्नुका साथै अक्रोश समेत व्यक्त गरेका छन् । शान्तिपूर्ण तवरबाट मूल्य वृद्धि फिर्ता गर्न र निजी शिक्षाका संचालकहरुले चर्को रुपमा बढाएको शुल्क फिर्ता गर्न आठ विद्यार्थी संगठनले गरिरहेको प्रयासलाई सरकारले नजरअन्दाज लगाएर पेलेर जाने कोसिस गरेको भन्दै मागहरु सुनुवाई नभए जस्तोसुकै संघर्षमा जान आपूmहरु तयार रहेको समेत बताएका छन् । बैठकमा अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी फोरम नेपाल, अनेरास्ववियु (पाँचौं), राजपा विद्यार्थी संगठन, नयाँ शक्ति विद्यार्थी युनियन, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू (क्रान्तिकारी) र अखिल क्रान्तिकारीका नेतृत्व सहभागी थिए ।

//

प्रतिक्रियाहरु

[anycomment]