सुस्ता गाउँपालिकाका अध्यक्षलाई कालोमोसो

काठमाडौं, २८ जेठ । नेपाल कम्युनिस्ट पार्टी जिल्ला जनपरिषद् नवलपरासीले सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पान्डेयलाई कालोमोसो दलेको छ ।
अध्यक्ष रामप्रसाद पान्डेयलाई आज विहान उनकै निवासमा कालोमोसो दलिएको हो । अध्यक्ष पान्डेले राज्य आतंक सिर्जना गरेको, चर्को कर असुली गरेको, कमिसन लिएर प्राकृतिक स्रोत साधानको दोहन गरेको, नीजि स्कूल चलाएर अभिभावसँग चर्को शूल्क असुल गरेको, राजिनामा दिन दिएको पत्रको बेवास्ता गरेको, सुकुम्बासीको उठिबास लगाएको कारण देखाउँदै जनपरिषद्ले जनकारवाही स्वरुप कालोमोसो दलेको घटनास्थलमा छोडेको पर्चामा उल्लेख छ ।
जनपरिषद्ले जिल्लामा समानान्तर सत्ताको अभ्यास गरिरहेको छ । भ्रष्टाचार, ढिला सुस्ती, घुसखोरी, कमिसनलगायतका काम गर्ने अन्य जनप्रतिनिधिमाथि पनि छानविन गरिरहेको जनपरिषद् नवलपरासीले बताएको छ ।