अखिल क्रान्तिकारीद्वारा आन्दोलनको उदघोष , असार ३ गते शैक्षिक हड्ताल

२०७५ जेष्ठ २९ गते, मंगलवार

काठमाडौ‌ं, २९ जेठ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीले आउदो असार ३ गते देशब्यापी रुपमा शैक्षिक हड्ताल गर्ने बताएको छ ।
आफ्नो संगठनका अध्यक्ष चिरन्जीवी ढकाल, कोषाध्यक्ष नरेन्द्र बिक र विद्यार्थी नेता प्रकाश सुनारको गिरफ्तारीविरुद्ध शैक्षिक हड्ताल घोषणा गरिएको उपाध्यक्ष्य रुद्र भट्टराईद्वारा जारी विज्ञाप्तिमा उल्लेख छ । सरकारले विना कारण आफ्ना नेता गिरफ्तार गरेको भन्दै अखिल क्रान्तिकारीले जेठ ३० गते देशव्यापी कोणसभा , ३१ गते देशव्यापी प्रदर्शन , असर १ गते देशव्यापी मसाल जुलुस र असार ३ गते देशब्यापी रुपमा शैक्षिक हड्ताल गर्ने जानेको छ ।

प्रतिक्रियाहरु

[anycomment]