अरुण–३ काे कार्यालयमा बम विस्फोट

काठमाडौं, ३० जेठ । संखुवासभास्थित अरुण तेस्रोको फिल्ड कार्यालयमा शक्तिशाली बम विस्फोट भएको छ । संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा रहेको अरुण तेस्रोको फिल्ड कार्यालयमा मंगलबार राती चार वटा शक्तिशाली ग्रिनेट बम विस्फोट भएको हो । विस्फोटबाट कुनै मानवीय क्षति भने भएकाे छैन । हालसम्म विस्फोटको जिम्मा कसैले लिएको छैन । उक्त परियोजना क्षेत्रमा पटक पटक विस्फोट हुँदै आएको छ । यसअघि वैैशाख १८ मा पनि विस्फोट गराइएको थियो । बिस्फोटबाट आयोजना स्थलका कर्मचारीहरु आतंकित भएका छन् ।