असार ७ गते रसुवा बन्द

काठमाडौँ, ३ असार । नेपाल कम्युनिस्ट पार्टी रसुवाले असार ७ गते जिल्ला बन्द गर्ने जनाएको छ । सरकारको राज्य आतङ्क र सामाजिक फासिबादी हर्कतबिरुद्ध बन्द गरिएको नेकपाका रसुवा इन्चार्ज राजमान तामाङ्गद्वारा बिज्ञप्तीमा उल्लेख गरिएको छ । इन्चार्ज तामाङ्गले बन्दलाई सहयोग र सद्भाबसहित ऐक्यबद्धता जाहेर गरि राज्य आतङ्क र सामाजिक फासिबादी हर्कतको भन्डाफोर गर्न पत्रकार, मानब अधिकारबादी, बुद्धिजिबी, यातायात ब्यबसायी, र सम्पुर्ण रसुवाली जनतालाई हार्दिक अपिल समेत गरेका छन ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टी रसुवाका इन्चार्ज रजमान तामाङले जारी गरेको प्रेश बिज्ञप्तिको पूर्ण विवरण यस प्रकार रहेको छ – “केपि बादल नेतृत्वको बर्तमान सामाजिक दलाल पुजीवादी सरकार आफ्नो रास्टघाती र जनबिरोधी चरित्र उदाङ्गो भएपछी राज्यआतंकको साहारा लिन पुगेको छ।देशब्यापी रुपमा गैह्र न्यायिक गिरफ्तारी ,यातना र फौजी अप्रेसन चलाएर मुलुकलाइ आफ्नो कुत्सित स्वार्थ पुर्ती गर्न गम्भीर मुढ्भेडको दिशामा लैजाने प्रयत्न भैरहेको छ।
शान्तिपुर्ण ढङ्गले हिंडडुल गर्नपाउने भेला सम्मेलन गर्न पाउने आफैंले निर्माण गरेको संबैधानिक ब्यबस्थाको समेत धज्जी उडाएर गत जेष्ठ २९गते अखिल क्रान्तिकारी)रसुवाको नवौं जिल्ला सम्मेलनमा
प्रहरी हस्तक्षेप गरि पाँच बिद्यार्थी नेताहरुलाइ गिरफ्तार गरेको छ।रास्टियता ,जनताको अधिकार र जनजिबिकाको पक्षमा संघर्सको मोर्चामा अबिचलित नेता कार्यकर्ताहरुमाथी गरिएको यसप्रकरको गैह्र न्यायिक गिरफ्तारी ,उतरगया र कालिका गाउँ पालिकाको केही बस्तिहरुमा चलाइरहेको फौजी अप्रेसनलागयत राज्य आतंकको विरुद्ध आगामी असार ७गते रसुवा बन्दको घोषणा गरिएको यो बिज्ञप्ति मार्फत जानकारी गराइन्छ।गिरफ्तार बिद्यार्थी नेताहरू बद्री अधिकारी ,इस्वर पान्डे रसुवाली कवि सेजन चन्द र नवीन घिमिरेलाइ ६गते भित्र बिनासर्त रिहा गरि रसुवामा चलाइरहेको राज्यआतंक बन्द नगरे पार्टीले यो भन्दा उच्च स्तरको संघर्सको कार्यक्रम मार्फत प्रतोरोध गर्नेकुरा स्वतसिद्द छ।
तसर्थ असार ७गते आयोजना गरिएको रसुवा बन्द कार्यक्रमलाई सहयोग र सद्भाव सहित एक्यवद्धता जाहेर गरि राज्यआतंक र सामाजिक फासिबादी हर्कतको भन्डाफोर गर्न पत्रकार ,मानव अधिकारकर्मि बुद्धिजीवी ,यातायात ब्याबसायि र रसुवाली जनतालाइ हार्दिक अपिल गर्दछौं ।”