अखिल (क्रान्तिकारी)का अध्यक्ष रन्जितद्वारा आफ्नै साथीलाई सिध्याउने चेतावनी ( अडियोसहित )

२०७५ असार ७ गते, बिहीबार

काठमाडौँ, ७ असार । तत्कालिन नेकपा माओवादी केन्द्रनिकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष रन्जित तामाङले आफ्नै साथीलाई सिध्याउने चेतावनी दिएका छन । अध्यक्ष रन्जितले नेपाल ल क्याम्पसको अध्यक्षबाट दिपक थापालाई संगठनको बिधि पद्धतिको बर्खिलाप हुनेगरी हटाउने प्रपन्च रचेपछि थापाले यसको खुलेर प्रतिरोध गर्न थालेपछि उक्त चेतावनी दिएका हुन् । अध्यक्ष रन्जितले दिपक थापालाई गैर कानुनी रूपमा संगठनको सामान्य बिधि पद्धतिको समेत उल्लंघन हुने गरी ३ नम्बर प्रदेशले संगठनको साधारण सदस्य समेत नरहनेगरी कारवाही गरेका छन तर कारवाहीमा परेका व्यक्ति दिपक थापालाई उनको कारवाहीको कुरा जानकारी गराएनन । न उनको कारवाहीको एजेण्डा कुनै बैठक वा समितिमा पेश गरियो न सम्बन्धितलाई थाहा नै दिइयो, त्यसपछि दिपक थापा अध्यक्ष रहेको कमिटीको बैठक उनलाई नै थाहा नदिई उनको एलएल एम तहको प्रवेश परिक्षा दिने दिन उनी लगायत ८ जना पदाधीकारीमा ५ जनालाई जानकारी नै नदिई हुकुमी सैली अपनाई बैठक राखेर नयाँ संयोजक चयन गरिएको जानकारी सामाजिक संजालबाट थाहा हुन आयो ।
यसरी अन्याय र गैरकानुनी तरिकाले गरिएको कारवाही र बैठकले गरेको निर्णयको तत्काल खारेजीको माग राख्दै उक्त क्याम्पसको पदाधिकारीके आकस्मिक बैठक बसी जम्मा ८ जना पदाधिकारीहरू मध्ये ७ जनाले हस्ताक्षर गरिएको पत्र संगठनका अध्यक्ष, फ्र्याक्सन इन्चार्ज हितमान शाक्य र पार्टी अध्यक्ष प्रचण्डलाई समेत सम्बोधन गरी पत्रचार गर्दा समेत महिनौं सम्म सुनुवाई नभएपछि संगठनका अध्यक्षले फेसबुकमा पोष्ट गरेको स्टाटसमा सामान्य किसिमले आफ्नो असन्तुष्टी व्यक्त गर्दा उनले तत्काल फोन गरेर दिपकलाई धम्की दिए, दिपकले अनिल शर्मालाई समर्थन गरेकै आधारमा यस्तो उनले यस्तो धम्की दिएका हुन् ।
अध्यक्ष रन्जितले दिपक थापालाई सिध्याउने भन्दै दिएको चेतावनीको अडियो : 3a4HyMEM250

प्रतिक्रियाहरु

[anycomment]