अदालतको उपहास , नेकपा नेता राईसहित ४ जना छैठौ पटक पक्राउ

२०७५ असार ८ गते, शुक्रबार

काठमाडौँ, ८ असार । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा कोशी ब्यूरो इन्चार्ज किरण राई सहित ४ जना नेताहरुलाई रिहा गरे लगत्तै आज पुनः प्रहरीले गिरफ्तार गरेको छ । केन्द्रिय सदस्य राई सहित कोशि ब्युरो सदस्य दिपसन लिम्बु, धनकुटा ईन्चार्ज माधव गौतम र सेक्रेटरी नवराज भट्टराईलाई यसअघि जेठ १५ गते मोरङबाट रिहा गरे लगत्तै झापा पुर्याईएको थियो ।
गत चैत ५ गते धनकुटाको हिलेबाट गिरफ्तार गरिएका उनीहरुलाई आज झापाबाट रिहा गरेपछि पुन प्रहरीले गिरफ्तार गरि ईलाम लगेको छ । रिहा गर्दै लगत्तै गिरफ्तार गरिएको यो छैठौ पटक हो ।
आज पनि रिहा प्रहरीले माथिको आदेश भन्दै गिरफ्तार गरेको छ । केपी ओली नेतृत्वको सरकारले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथिको धरपकड अझै रोकेको छैन ।
यसअघि जेठ ८ गते उच्च अदालतले रिहा गरेलगत्तै अदालत परिसरबाटै चारै जना नेताहरुलाई गिरफ्तार गरि सुनसरी पुर्याईएको थियो । उच्च अदालतको आदेश मानेर रिहा गरिएका नेताहरुलाई पुनः पक्राउ नर्ग निर्देशन दिएपनि त्यसको उल्लङघन गर्दै मोरङ प्रहरीले गिरफ्तार गरेको थियोे ।
गत चैत ५ गते धनकुटाको हिलेबाट गिरफ्तार गरि चैत २९ गते धनकुटा जिल्ला प्रशासनले सामान्य धरौटिमा छोडे लगत्तै उनीहरुलाई पुन उदरपुरबाट गएको प्रहरी टोलीले गिरफ्तार गरेको थियो ।
त्यसपछि गत २७ वैशाख मा उदयपुर जिल्ला अदालतले रिहा गरेपछि मोरङ्गबाट गएको प्रहरी टोलीले गिरफ्तार गरेको थियो । उनीहरुलाई जेठ ८ गते पनि रिहा भएलगत्तै पक्राउ गरि सुनसरी पुर्याईएको हो । त्यसपछि जेठ १५ गते रिहा गरेर पुन पक्राउ गरि झापा लगिएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]