‘अाेलीकाे चीन भ्रमण निरर्थक ‘

२०७५ असार ९ गते, शनिबार

काठमाडौँ, ९ असार । नेकपा माओवादी (क्रान्तिकारी)का अध्यक्ष मोहन वैद्यले प्रधानमन्त्री केपी ओलीकाे चीन भ्रमणमा हुनुपर्ने त कामै नभएकाे बताएका छन् । उनले लिपुलेकको विषय किन उठाउन नसकेको भन्दै प्रम अाेलीकाे आलोचना गरेका छन् । अाज बिहान नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष वैद्यले भने, ‘लिपुलेक हाम्राे हो, जहाँ भारत र चीनले अाँखा गाढेका छन् । प्रधानमन्त्री ओलीले किन हो यो विषय चीन समक्ष राख्न सक्नु भएन ?’ लिपुलेकका बारेमा भारत र चीनसँग नेपालले स्पष्ट धारणा राख्न सक्नुपर्ने उनकाे भनाइ थियाे ।
उनले चीनसँग पारवहन सम्झौता समेत किन गरिएन भनी प्रश्न उठाएका छन् । ‘चीनसँग पारवहन सम्झौता पनि किन हुन सकेन ?’ उनले भने, ‘गर्नुपर्ने काम नै गरिएकाे छैन अनि भ्रमणलार्इ कसरी सफल भन्ने ?’ नेपालकाे पश्चिमी सीमाविन्दू लिपुलेक नाकाबाट यसअघि व्यापार विस्तार गर्न भारत र चीनबीच नेपाललार्इ नसाेधी सम्झौता भएकाे थियाे । यसमा नेपाली पक्षले अापत्ति जनाउँदै अाए पनि अाैपचारिक रूपमा भने यी दुर्इ देशसँग कुरा राख्न सकिएकाे छैन ।

प्रतिक्रियाहरु

[anycomment]