गहना चोर प्रहरीको फन्दामा

२०७५ असार ९ गते, शनिबार

काठमाडौँ, ९ असार । महानगरीय प्रहरी परिसर काठमाडौँले राजन खनाल र उपेन्द्र खरेल तथा धादिङका सौरभ तामाङलाई चोरीका गहना र नगदसहित पक्राउ गरेको छ । यही जेठ २ गते भीमबहादुर पुनको डेराबाट हराएको रु चार लाख ९३ हजार ७०० बराबरको गहना र नगदसहित प्रहरीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको परिसरले जनाएको छ । पुनको डेराबाट हराएको झण्डै सात तोला सुन र नगद खनाल र खरेलले तामाङको पसलमा बिक्रीवितरण गरेपछि प्रहरीले चोरीमा संलग्न दुई जना र पसल सञ्चालक गरी तीनै जनालाई नियन्त्रणमा लिएको हो । परिसरका प्रवक्ता मोहनकुमार थापाले पक्राउ परेका तीनैजनालाई चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज श्रीपञ्चमी

२०८२ माघ १० गते, शुक्रबार

आज सोनाम ल्होसार

२०८२ माघ ६ गते, सोमबार