अनिश्चितकालीन शैक्षिक हड्ताल !

२०७५ असार १० गते, आईतवार

काठमाडौं, १० असार । अखिल (क्रान्तिकारी)चितवनले आजदेखि अनिश्चितकालीन शैक्षिक हड्ताल सुरु गरेको छ । विद्यार्थीको अधिकार स्थापितका निम्ति निरन्तर रुपमा अगाडि बढ्ने चितवनका जिल्ला अध्यक्ष रमेश लामिछानेको तत्काल रिहाइको माग गर्दै आजबाट हुने अनिश्चितकालीन शैक्षिक हड्ताल सुरु गरिएको अखिल (क्रान्त्किारी) चितवनले जनाएको छ । सो संगठनले सम्पूर्ण बुद्धिजीवी, व्यवसायी र शिक्षण संस्थामा कार्यरत शिक्षकहरुमा सम्पूर्ण अभिभावकहरुको साथ र समर्थन र सहयोगको लागि अपिल समेत गरेको छ । असार ५ गते अखिल (क्रान्तिकारी) चितवनका सचिव दर्पणद्वारा २४ घण्टे अल्टिमेटमसहितको विज्ञप्ति जारी गर्दै संगठनका अध्यक्ष लामिछाने लगाययतलाई रिहाइको लागि माग गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]