८ विद्यार्थी संगठनद्वारा संघर्षको कार्यक्रम घोषणा, असार २० देखि आमहड्ताल

काठमाडौं, १० असार । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)लगायत ८ विद्यार्थी संगठनले असार २० गतेदेखि देशब्यापी रुपमा शैक्षिक हड्ताल लगायतका दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । आज रिपोर्टस क्लवमाा पत्रकार सम्मेलन गरी उनीहरुले यस्तो शैक्षिक आमहड्ताल लगायतका सघर्षका कार्यक्रम घोषणा गरेका हुन् । संघर्षको कार्यक्रमहरु अन्तर्गत असार ११ देखि असार १६ सम्म प्रचारप्रसार अपील वितरण प्रधानमन्त्री लगायत मन्त्री र पार्टी नेताहरु छलफल, भेटघाट र ज्ञापन पत्र बुझाउने, असार १७ गते प्रदर्शनी मार्गमा सडक कक्षा सञ्चालन गर्ने, असार १८ गते माइतीघर मण्डला र देशको सम्पूर्ण जिल्लाकोे सदरमुकाममा आँखको पट्टी बाँधी सिट्टी जुलुस गर्ने, असार १९ गते मशाल जुलुस गर्ने र असार २०,२१ र २२ गते शैक्षिक आमहड्ताल सम्मको आंदोलन रहेको छ । पत्रकार सम्मेलनमा अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी फोरम नेपाल, अनेरास्ववियू (पाँचौं), राजपा विद्यार्थी संगठन, नयाँ शक्ति विद्यार्थी युनियन, अनेरास्ववियू (क्रान्तिकारी), अनेरास्ववियू (क्रान्तिकारी) र अखिल (क्रान्तिकारी) शिर्षस्त नेतृत्व सहभागी थिए ।