मनसुन फैलियो, ३ दिन बर्षा हुने

२०७५ असार १४ गते, बिहीबार

काठमाडौं, १४ असार । आजदेखि मुलुकभर मनसुन फैलिएको जल तथा मौसम पूर्वानमान मशाखाले जनाएको छ । मनसुन सक्रिय भएकाले आजदेखि ३ दिनसम्म लगातार वर्षा हुने महाशाखाले जनाएको छ । जुन महिनाको दोस्रो हप्तादेखि पूर्वी भेगबाट नेपाल भित्रिएको मनसुन आजदेखि मुलुकभर फैलिएको मौसमविद् वरुण पौडेलले बताए । उनले आगामी ३ दिनसम्म मुलुकका अधिकाांश स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ । पूर्व, मध्य र पश्चिमी क्षेत्रमा तीनै दिन वर्षा हुने उहाँले बताए ।
दैनिक ५ देखि ५५ मिलिमिटरसम्म वर्षा हुने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अघिल्ला वर्षहरुभन्दा यो वर्ष मनसुन २ दिन अघि सुरु भएपनि आजदेखि ३ दिनसम्म मुलुकभर लगातार वर्षा हुने सम्भावना रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]