क्यापिटल गजेटको कार्यालयमा गोली प्रहार, पाँच जनाको मृत्यु
काठमाडौं, १५ असार । अमेरिकाको मेरिल्याण्डमा गोली हानी पाँच जनाको हत्या गरिएको छ । स्थानीय पत्रिका क्यापिटल गजेटको कार्यालयमा गरिएको गोली प्रहारमा अरु केही ब्यक्ति घाइते पनि भएका छन् । गोली प्रहार गरेको आशंकामा एक जनालाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ । करिब ५० वर्षीय स्थानीयलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको हो ।
आक्रमणका समयमा थुप्रै मानिस कार्यालयमै रहेको जनाइएको छ । मेरिल्याण्डको अन्नापोलिसमा रहेको क्यापिटल गजेट बाल्टीमोर सन मीडिया समूहसँग सम्बन्धित रहेको बताइएको छ । -एजेन्सी