नेकपाद्वारा जनविरोधीहरुको सूची संकलन कार्य शुरु

२०७५ असार १५ गते, शुक्रबार

काठमाडौँ, १६ असार । नेपाल कम्युनिस्ट पार्टी झापाले जनविरोधीहरुको सूची संकलन कार्य शुरु गरेको बताएको छ । झापा जनपपरिषद् ले खुलेआम रुपमा सूचना जारी गर्दै तस्कर, भ्रष्टाचारी, कालो बजारिया, राष्ट्रघाती, दलाल र कमिशन खोर (विचौलिया)हरुको नाम दिन सूचनामार्फत अपिल गरेको छ ।
झापा जिल्ला जनरिषद्ले शुक्रबार एक सूचना प्रकाशित गरेर गाउँपालिका, नगरपालिका र महानगर, उपमहागरभित्र रहेका जनता र राष्ट्रका विरुद्धमा निर्णय गरेर नागरिकलाई नोक्सानी पुर्याउने मान्छेहरुको सूची दिन सूचना प्रकाशित गरेको हो ।
प्रकाशित सूचनालाई चोक, बजार र जनता घरघरमा पुर्याइएको जिल्ला जनपरिसद्ले जनाएको छ । उक्त सूचना सार्वजनिक स्थानमा टाँसेका छन् । कुलतका लागेका, व्यापीचारी, गुण्डा (डन)लगायत जनविरोधीहरुको सबै प्रकारका सूचना दिएर सहयोग गर्न स्थानीय वासिन्दासँग सूचनामा भनिएको छ । गाउँ समाजलाई सभ्य, सुरक्षित र जनविरोधीमुक्त बनाउने उद्देश्यले सूचना बाहिर ल्याएको जनपरिसद प्रमुख सुमनसिंह पौडेले बताए ।
सूचना थाहा पाएसँगै यहाँका स्थानीयले नेकपाले जनयुद्धकालीन भन्दा नयाँ तरिकाको सूचना ल्याएको भन्दै चकित परेका छन् । ‘यो काम गरे त देशमै धेरै राम्रो हुनेथियो, तर खै के गर्छन्, हेरौं’ एक स्थानीयले भने । भ्रष्टाचार र महंगीले समाज नै मारमा परेो उनको भनाई छ । नेकपाले पछिल्लो समयमा सरकारको निगरानीबाबज’द पनि स्थानीय तहका जनप्रतिनिधिहरुलाई भ्रष्टाचारीको आरोपमा राजीनामा माग्ने र कालो मोसो दल्ने कार्यलाई तीव्रता दिइँदै आएको छ ।

प्रतिक्रियाहरु

[anycomment]