ग्रान्डी अस्पतालमा हेलिकोप्टर दुर्घटना

२०७५ असार १६ गते, शनिबार

काठमाडौं, १६ असार । काठमाडौंको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको छ । अस्पतालका चिकित्सकहरुलाई लिएर चितवनको भरतपुर जान लागेको सिम्रिक एअरलाइन्सको हेलिकोप्टर अस्पतालको छतमा दुर्घटना भएको हो । बिरामी लिएर आउने हेलिकोप्टर अवतरण गर्न अस्पतालको छतमा बनाइएको हेलिप्याडमा बस्न लागेको उक्त हेलिकोप्टर अकस्मात् दुर्घटनामा परेको हो । दुर्घटनामा हेलिकोप्टरका एकजना पाईलट घाइते भएका छन् । दुर्घटनाको कारण खुलेको छैन ।

प्रतिक्रियाहरु

[anycomment]