नेकपाका नेता असारे काका र पदम राईसहित दर्जनौ गिरफ्तार

२०७५ असार १६ गते, शनिबार

काठमाडौं ,१६ असार । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेता ईश्वरी दाहाल ‘असारे काका’ र पदम राईलाई गिरफ्तार गरेको छ । आज दिउँसो पार्टी प्रवेशका कार्यक्रममा सहभागी भइरहेका बेला नेपालटारस्थित मनमैजुका ग्रामीण आदर्श माविबाट असारे काका र राईलाई कार्यक्रमस्थलबाट भर्खरै गिरफ्तार गरिएको नेकपाले जनाएको छ । ‘असारे काका’ पार्टीको सल्लाहकार समिति संयोजक र पदम राई पोलिटब्यूरो सदस्य हुन् । विभिन्न पार्टीबाट आज नेकपामा प्रवेश गर्ने कार्यक्रम आयोजना गरिएको थियो ।
नेपालटारस्थित ग्रमिण आदर्श माविबाट गिरफ्तार गरिएका नेपाल कम्युनिस्ट पार्टीका नेता एवं ईशुवरी दाहाल ‘असारे काका’ र पदम राईलगायतलाई महानगरीय प्रहरी वृत्त बालाजुमा राखिएको छ । अन्य पचास भन्दा बढी कार्यकर्तालाई प्रहरीले घेरा हाली गिरफ्तार गरी गाडीमा राखेर वृत्तमा पुर्याएको गिरफ्तारमध्येका एक जनाले बताए । गिरफ्तबारे वृत्तमा सम्पर्क गर्दा सोधपुछ भइरहेको हुनाले अहिले केही भन्न नमिल्ने जानकारी वृत्तले दिएको छ । वृत्तबाट खटिएको टोलीले उनीहरुलाई गिरफ्तार गरिएको हो । राई यसअघि गत असोजमा पार्टी निकट युवाहरुको संगठनको राष्ट्रिय सम्मेलनस्थल पूर्वबाट झुठा आरोपमा गिरफ्तार गरी पछि अदालतको आदेशमा रिहाई भएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]