नेकपा नेता राई र बमसहित ७ जना प्रहरी हिरासतमा

२०७५ असार १८ गते, सोमबार

काठमाडौं, १७ असार । काठमाण्डौबाट शनिवार गिरफ्तार नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यरो सदस्यद्धय पदम राई र रणवीर बम सहित ७ जना नेताहरुलाई म्याद थप गरिएको छ । राई र बम सहित नेकपा निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी महासचिव धिरेन्द्रा उपाध्यय, जनगणतान्त्रिक समाजका शिव राई, केदार राई, नरबहादुर पुन र नरोत्तम पाण्डेलाई अनुसन्धानका लागि भन्दै प्रहरीले ७ दिनको म्याद थप गरेर हिरासतमै राखेको हो । प्रहरीले दुई जना पोलिट्ब्यूरो सदस्य र सल्लाहकार समिति अध्यक्षसहित ४० नेतालाई गिरफ्तार गरेकोमा अन्यलाई रिहा गरेको छ ।
काठमाडौँमा शनिबार आयोजित ध्रुविकरण कार्यक्रमबाट नेकपाका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष ईश्वरी दाहाल ‘असारे काका’, पोलिटब्युरो सदस्य, जनपरिषद् नेपालका उपप्रमुख एवम् पूर्वमन्त्री पदम राई, पोलिटब्युरो सदस्य भरत बम, केन्द्रीय सदस्य मकर गुरुङ, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी महासचिव धीरेन्द्रा उपाध्याय, जनगणतान्त्रिक मञ्चका संयोजक रत्न थापालगायत ४० नेतालाई एकैसाथ प्रहरीले गिरफ्तार गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]