जनअदालतमार्फत अन्यायमा परेका जनतालाई न्याय दिइने उदघोष

२०७५ असार १९ गते, मंगलवार

काठमाडौं, १९ असार । नेकपाको जनपरिषद नेपाल बाँकेको हालै बसेको बैठकले यावत समस्याहरुमाथि कडा निगरानी बढाउनुका साथै, यस्ता खाले सबै प्रकारका जनविरोधी गतिविभिहरुको गम्भीर अनुसन्धान र छानविन गरी भण्डाफोर गर्ने, दोषीलाई कार्वाही र आम जनतालाई न्याय प्रदान गर्ने निर्णय गरेको बताइएको छ । जनपरिषदको बैठकले जनअदालत मार्फत अन्यायमा परेका जनतालाई न्याय दिने जारी कार्यलाई थप प्रभावकारी बनाउने निर्णय पनि लिइएको बुझिएको छ । साथै, जनसरोकार सँग सम्बन्धित सबैकाममा जनपरिषद बाँके दृढतापूर्वक अघि बढने निर्णयहरु लिइएको पनि जनपरिषदले जानकारी गराएको च । जनपरिषदको बैठकले आफ्नो न्यायपूर्ण अभियानमा लामबद्ध हुन तथा साथ, समर्थन र सहयोग गर्न जिल्लाबासी आम न्यायप्रेमी जनसमुदाय एवं सम्बन्धित सबैमा हार्दिक आह्वान समेत गरेको छ ।
यस बिषयमा जनपरिषद नेपाल बाँकेका प्रमुख कृष्णबहादुर शाहीद्वारा जारी प्रेस विज्ञप्ति : :आज देशमा एकातिर दलाल संसदीय पुँजीवादी सत्ता र अर्कोतिर नयाँ जनसत्ता बीच संघर्ष अर्थात द्धैत सत्ता चलिरहेको सर्वविदितै छ । राट्र्रियता, जनतन्त्र र जनजिविकाको सवाल दिनप्रतिदिन पेचिलो बनिरहेको परिस्थितिमा देशको अस्तित्व रक्षा, विकास र समृद्धिका लागि आमूल परिवर्तन वा क्रान्तिको पूर्णताका लागि एकिकृत जनक्रान्ति ध्रुवसत्य भैसकेको सन्दर्भमा संघर्षकै प्रक्रियामा कम्युष्टि कलेवरमा रहेको केपि. नेतृत्वको सामाजिक दलाल पँुजीवादी सत्ता विस्थापित हँुदै जाने र वैज्ञानिक समाजवादी सत्ता स्थापित हुने कुरा तथ्यसिद्ध छ ।
राष्ट्रघात, जनघात, भ्रष्टाचार, कालोबजारी, घुसखोरी, कमिसनतन्त्र, दलालीकरण, तश्करी, महिला बेचबिखन एवं व्यभिचार, सामाजिक र साँस्कृतिक उत्पीडन र आकाशिदो मूल्यवृद्धि बाट आज देश आक्रान्त छ । असमान सन्धि यथावत छ, सिमाना मिचिएकै छ, लाखौं जनता आजपनि भूमिहीन र सुकुम्बासी छन् , राष्ट्र्रिय उद्योग धरासायी छन् भने कृषिप्रधान देश खाद्यान्न आयात गर्न बाध्य छ , शिक्षा, स्वास्थ्य र न्याय सेवा र पैसा शक्तिको पक्षमा छ, नेपाली जनता रोजगारीका लागि बिदेशीको दास बन्न बाध्य छन्, अर्थतन्त्र नाजुक अवस्थामा छ र व्यापार घाटा र वैदेशिक ऋण यति चरम छ कि कर्मचारीको तलब दिन पनि ऋण लिनु पर्ने अवस्था सृजना भएको छ ।
बाँके जिल्ला पनि यस बाट अछुतो छैन् । गाउँ–गाउँमा सिँहदरबारको नाराले आज सिँहदरबारका सबै विकृति स्थानीय तहमा आएको छ । स्थानीय निकायहरु आम जनताको पक्षमा होइनकि सत्ताधारीहरुको हाली मुहालीको केन्द्र बनेका छन् । आफै बोक्शी आफै धामी भने जस्तै आज स्थानीय कथित जनप्रतिनिधिहरु आफै दलाल, ठेकेदार, भ्रष्टाचारी, कालोबजारिया र तश्कर बनेर कमाउ धन्दा चलाईरहेका छन्, स्थानीय निकाय, प्रशासन र दलालहरुको मिलेमतोमा सबैखाले अवैध धन्दा र तश्करी भैरहेको छ । विकास निर्माणको नाममा बजेट मार्फत पहँुचवाला कार्यकर्ता पोस्ने काम भैरहेको छ । जनता माथि अनावश्यक करको बोझ थोपरिएको छ । नियम पिपरित क्रशर उद्योग चलाएर वनजङ्गल र गाउँबस्ती उजाड बनाइएको छ । चर्को ब्याजमार्फत जनताको उठीबास लगाइएको छ । दलाल र जमीन्दारहरु बाट नै सुकुम्बासीहरुको उठीबास लगाइएको छ । बैदेशिक हस्तक्षेप, दलाली र भ्रष्टाचारका साथै यस प्रकारका विकृति र विसंगतिको विरोध गर्ने पार्टी र त्यसका नेता कार्यकर्ता माथि हस्तक्षेप र दमन गर्ने तर खुलेआम यस प्रकार अवैध धन्दा गर्ने र देश लुट्नेहरुलाई र्सरक्षण गर्नुले यो राज्य बिदेशी दलाल र भ्रष्टाचारीहरुक्र्रै पक्षमा भएको कुरा पुष्टि गर्दछ ।
भरखरै सम्पन्न जिल्ला जजपषिद बाँकेले जिल्लाको यावत समस्याहरुमाथि कडा निगरानी बढाउनुका साथै, यस्ता खाले सबै प्रकारका जनविरोधी गतिविभिहरुको गम्भीर अनुसन्धान र छानविन गरी भण्डाफोर गर्ने, दोषीलाई कार्वाही र आम जनतालाई न्याय प्रदान गर्ने निर्णय गरेको छ । जनअदालत मार्फत अन्यायमा परेका जनतालाई न्याय दिने जारी कार्यलाई थप प्रभावकारी बनाउने निर्णय पनि लिइएको । साथै, जनसरोकार सँग सम्बन्धित सबैकाममा जनपरिषद बाँके दृढतापूर्वक अघि बढने निर्णयहरु लिइएको पनि सम्बन्धित सबैमा जानकारी गरिन्छ । साथै, हाम्रो यो न्यायपूर्ण अभियानमा लामबद्ध हुन तथा साथ, समर्थन र सहयोग गर्न जिल्लाबासी आम न्यायप्रेमी जनसमुदाय एवं सम्बन्धित सबैमा हार्दिक आह्वान गर्दछौं । ”
!

प्रतिक्रियाहरु

[anycomment]