नेकपाका पोलिट्ब्यूरो सदस्य पुन अपहरण शैलीमा गिरफ्तार

काठमाडौं, २० असार । नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनलाई गएराती काठमाडौंको लाजिम्पाटबाट अपहरण शैलीमा गिरफ्तार गरेको बताइएको छ । पुनलाई गिरफ्तार गरेर कहाँ लगियो भन्नेबारेमा केहि पनि जानकारी नदिइएको नेकपाले जनाएको छ । नेता पुनलाई बेपत्ता पारेको परिवारले दाबी गरेका छन् ।
यसअघि नेकपाका नेता असारे काका, भरत बम, पदम राई, मकर गुरुङ, धीरेन्द्रा उपाध्यायसहित ४० नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको थियो । बाँकीलाई रिहा गरेपनि पोलिट्ब्यूरो सदस्य बम र राईसहित ७ जनालाई म्याद थपेर हिरासतै राखेको छ ।