नेकपाका केन्द्रीय सदस्य साह गिरफ्तार

२०७५ असार २८ गते, बिहीबार

काठमाडौँ, २८ असार । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य देवनारायण साहलाई गिरफ्तार गरेको छ । पार्टीका नियमित काममा रहेको बेला सुनसरीको इनरुवाबाट आज दिउँसो साहलाई सादा पोशाकमा आएका प्रहरीले गिरफ्तार गरेको हो । साह पार्टीका मधेसी राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष समेत हुन् । साहलाई यसअघि झुठ्ठा अारोपमा गिरफ्तार गरी लामो समय हिरासतमा राखेको र अदालतको अादेशमा रिहा भएका थिए ।
सरकारले नेकपाका सामान्यदेखि उच्च तहका नेताहरुमाथि निगरानी, धरपकड र झुठा मुद्दा लगाउने श्रृंखला चलाइरहेका बेला नेता साहलाई झुठा आरोप लगाएर गिरफ्तार गरेको नेकपाका पूर्वी कमाण्ड ईन्चार्ज अनिल शर्मा ‘विरही’ले जनाएका छन् । ईन्चार्ज विरहीले साहको गिरफ्तार फासिवादी सरकारको उपज भएको बताउँदै गिरफ्तारप्रति घोर आपत्ति व्यक्त गर्दै बिनासर्त तुरुन्त रिहा गर्न माग गरेका छन् । ‘अनाहकमा झुठा आरोपमा नेकपाका नेता कार्यकर्तामाथि धरपकड र आतंक मच्चाउने काम सरकारले गरेको छ, त्यो तुरुन्त बन्द गनुपर्छ’ विरहीले भने ‘बिनासर्त तुरुन्त गिरफ्तार मुक्त नगरिए कडा संघर्ष घोषणा गर्न बाध्य हुनेछौं ।’

प्रतिक्रियाहरु

[anycomment]