एड्मार्क कलेजका एकसय पचास जनाद्धारा रक्तदान

२०७० श्रावण २८ गते, सोमबार

काठमाडौं, २८ साउन – कलङ्कीस्थित एड्मार्क कलेजले गरेको रक्तदान कार्यक्रममा करिब १५० जनाले रक्तदान गरेका छन् । यसअघि पनि कलेजको वार्षिकोत्सवका अवसरमा विभिन्न सरकारी विद्यालयलाई सहयोग गर्दै आइरहेको सो कलेजले यस पटक सातौँ वार्षिकोत्सवमा रेडक्रसको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको कलेजका प्रिन्सिपल शिव अधिकारीले बताए । नर्सरीदेखि स्नातक तहसम्म अध्यापन गराइने सो कलेजमा अध्ययनरत स्नातक तेस्रो वर्षका विद्यार्थीले सो रक्तदान कार्यक्रमको आयोजना गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

२०८२ जेष्ठ २५ गते, शनिबार

धुम्रपानको लत त्याग्न हेल्प लाइन !

२०८२ जेष्ठ १९ गते, आईतवार

आज विश्व धूमपानरहित दिवस

२०८२ जेष्ठ १८ गते, शनिबार