आज हरिशयनी एकादशी
काठमाडौं, ७ साउन । आज हरिशयनी एकादशी, भगवान विष्णुका भक्तजनहरु विभिन्न नारायण मन्दिरहरुमा पूजा आराधनाका लागि पुगेका छन् । आज मानव जीवनमा निकै महत्वपूर्ण मानिने बनस्पती तुलसीको बिरुवा घर घरमा रोप्ने प्रचलन पनि छ । आषाढ शुक्ल एकादशीका दिनदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने भएकाले हरिशयनी एकादशी भन्ने गरिएको शास्त्रीय मान्यता रहेको छ ।
तुलसीलाई भगवान् विष्णुको स्वरुप मानिने भएकाले घर आँगन तथा मठमा रोपिने तुलसीलाई चार महिनासम्म नित्यपूजा गरी हरिबोधनी एकादशीका दिन साङ्गेगर्ने गरिन्छ ।
हरिबोधनी एकादशीमा भगवान् विष्णु जाग्ने शास्त्रीय मान्यता छ । वैज्ञानिक रुपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ । तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रुपमा समेत उपयोग गरिन्छ ।