अनशनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल

काठमाडौं, ७ साउन । २४ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था अत्यन्तै जटिल बनेको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै पन्ध्रौं पटक अनशनमा रहेका केसीको यो अहिलेसम्मको लामो आमरण अनशन पनि हो । डा. केसीको स्वास्थ्य अवस्था अत्यन्त जटिल र यति लामो अनशन हुँदा पनि समस्या समाधानमा कुने ठोस पहल भएको छैन ।
सरकार मागप्रति संवेदनशील नभएको भन्दै डा. केसी पक्षले पूर्ण म्यान्डेडसहितको वार्ता टोली गठन गर्न सरकारसित माग गरिरहेको छ । हाल गठित वार्ता टोलीसित डा. केसी पक्षले वार्ता गर्न मानेका छैनन् । जसले अनशन अझै लम्बिने अवस्था देखिदैछ । सरकारले संसद् स्थगित गरेर समाधान खोजने भनेपनि अझै केही पहल भएको छैन ।
सरकारले संसदमा लगेको विधेयक फिर्ता हुनुपर्ने माग राख्दै डा. केसीले गत असार १६ गते जुम्लाबाट अनसन थालेका थिए । उनले संसदमा पेश गरिएको चिकित्सा शिक्षा विधेयक फिर्ता हुनुपर्ने माग राखेका छन ।