आज ४० औं पुष्पलाल स्मृति दिवस

२०७५ श्रावण ७ गते, सोमबार

काठमाडौं, ७ साउन । आज ४० औं पुष्पलाल स्मृति दिवस , नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै छ । स्वर्गीय पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।
१९८१ साल असार १५ गते रामेछापको भँगेरीमा जन्मनुभएका पुष्पलाल आफ्नो जीवनभर संगठन विस्तारमा लागे । राणा विरोधी आन्दोलनका अगुवा सहिद गंगालाल श्रेष्ठका माइला भाइ स्वर्गीय पुष्पलालले जीवन विताएर राजनीतिक सन्देश दिएका थिए । उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी कम्युनिस्ट सिद्धान्तलाई नेपाली माक्र्सवादी विश्लेषकको पहिचान दिएका थिए ।
निरंकुशताको अन्त्यका लागि संयुक्त जनआन्दोलनको कार्यदिशा २०२५ सालमा अगाडि सार्ने उनी पहिलो नेता थिए । पुष्पलालको २०३५ साल साउन ७ गते आजैका दिन निधन भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]