कानुनमन्त्री तामाङद्वारा राजीनामा दिने खुलासा
काठमाडौं, ८ साउन । सरकारले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन दिएसँगै मन्त्री तामाङले राजीनामा दिने तयारी गरेका छन् । मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए जसका कारण उनको सर्बत्र निन्दा गरीएको थियो । उनले बंगलादेशमा चिकित्सा शिक्षा लिन जाने नेपाली चेलीले सर्टिफिकेट लिनुअघि आफ्नो अस्मीता सुम्पिनु पर्ने अवस्था रहेको अभिव्यक्तिदिएका थिए जुन कुरालाई लिएर अहिले सामाजिक सञ्जालमा चर्को टीकाटिप्पणी भइरहेको छ र उनको राजीनामा मागिएको छ ।
यद्यपी यसअघि नै मन्त्री तामाङले सम्बोधन गर्ने क्रममा आफ्नो भनाइले बंगलादेशमा अध्ययनरत र अध्ययन गरीरहेका छात्राहरुलाई चोट पर्न गएको भन्दै माफी मागेका हुन् । मन्त्री तामाङले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरी आफ्नो आधीकारीक धारणा दिने बताएका छन्