स्वास्थ्य संस्थामा आकस्मिक र आइसियूबाहेक सबै सेवा बन्द

२०७५ श्रावण ८ गते, मंगलवार

काठमाडौं, ८ साउन । देशैभरिका आवासीय चिकित्सकहरूले आफू कार्यरत स्वास्थ्य संस्थामा अाजदेखि आकस्मिक र आइसियूबाहेक सबै सेवा बन्द गरेका छन् । काठमाडौंका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल तथा धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासीय चिकित्सकले आकस्मिक र आइसियूबाहेक सबै सेवा बन्द घोषणा गरेका हुन् । उनीहरूले सामूहिक रिले अनशन पनि अाजैबाट सुरु गरेकाे बताएका छन् ।
डा केसीकाे समर्थनमा सबै ओपिडी सेवा बन्द गरिएको बताउँदै साधारण टिकटबाट बिरामीको उपचार भने गरिने नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले जनाएका छन् । यसैबीच, संसदमा दर्ता चिकित्सा शिक्षा विधेयकका के-के बुँदा संशोधन गर्न सकिन्छ भन्ने विषयमा नेकपाका नेता सुवास नेम्वाङ, मेडिकल काउन्सिलका अध्यक्ष डा.धर्मकान्त बाँस्कोटा र माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमाबीच सोमबारदेखि छलफल भइरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]