प्रहरीद्वारा विराेध र्‍याली गर्न राेक

२०७५ श्रावण १० गते, बिहीबार

काठमाडौं ,१० साउन । त्रिवि शिक्षण अस्पतालबाट सुरु भएको अस्पतालका विद्यार्थी र चिकित्सकहरु सम्मिलित शान्तिपूर्ण र्‍यालीलार्इ प्रहरीले मुल गेटमा नै राेकेकाे छ । अनशनरत डा‍ गाेविन्द केसीकाे समर्थनमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जदेखि बालुवाटारसम्म विराेध र्‍याली निकाल्न लाग्दा प्रहरीले गेटमै राेकेकाे हो । सरकार डा केसीको माग पूरा गर्न तयार नभएको भन्दै विरोधस्वरुप साे र्‍यालीको अायोजन गरिएको जनाइएकाे छ। र्‍याली टिचिङ अस्पतालबाट साढे ९ बजे सुरु भएकाे थियाे। र्‍यालीपछि बालुवाटारमा डाक्टर तथा विद्यार्थीले प्रदर्शन पनि गर्ने कार्यक्रम थियाे तर प्रहरीले सडकमा निस्कनै दिएन। ७ बुँदे माग राखेर डा केसी २७ दिनदेखि अनसनमा छन् । तर सरकारले उनकाे माग सम्बाेधनका लागि कुनै ठाेस पहल गर्न सकेकाे छैन । सरकार उदासीन र कठाेर बन्दै गएकाे भन्दै विराेध प्रदर्शन बढिरहेका छन्।

प्रतिक्रियाहरु

[anycomment]