सिटिजन्स बैंकले एफपीओ निष्काशन गर्ने

२०७५ श्रावण १० गते, बिहीबार

काठमाण्डौं, १० साउन । सिटिजन्स बैंक इन्टरनेशनलले यही साउन १५ गतेबाट (फर्दर पब्लिक अफिरेन्स) एफपीओ निष्काशन गर्ने भएको छ ।
बैंकले एक सय रुपैयाँमा एक सय रुपैयाँ प्रिमियम थप गरी प्र्रतिकित्ता दुुई सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी चार लाख ६३ हजार आठ सय २६ कित्ता एफपीओ जारी गर्न लागेको हो ।
बैंकका अनुसार सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि अधिकतम २३ सय कित्तासम्मको एफपीओ खरिदको लागि आवेदन दिन सक्नेछन् ।
अधिकृत पुँजी १० अर्ब तथा जारी पुँजी आठ अर्ब सात करोड ९६ लाख १९ हजार रुपैयाँ रहेको बैंकको सेयर निष्काशन तथा बिक्री प्रकन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३.७६ अंकले बढ्यो

२०८२ श्रावण ९ गते, बिहीबार

नेप्से पाँच दशमलव १७ अङ्कले बढ्यो

२०८२ श्रावण ८ गते, बुधबार

नेप्से ८०.९७ अंकले बढ्यो

२०८२ श्रावण ७ गते, मंगलवार