घुस्याहा सब-इन्जिनियर रंगेहात पक्राउ
काठमाडौं ,१२ साउन । गुल्मीको तम्घासमा सेवाग्राहीसंग एक लाख रुपियाँ घुस लिदै गरेको अवस्थामा तम्घास –सिमलटार– प्यूठान सडकखण्डका सब–इन्जिनियर प्रकाश झा रंगेहात पक्राउ परेका छन् । तम्घास –सिमलटार– प्यूठान सडकखण्ड निर्माणमा सेवाग्राहीसंग सडक निर्माणको रनिङ बिल पास गरेपाबत एक लाख घुस लिदै गर्दा अख्तियार दुरपायोग आयोगका टोलीले झाँलाई पक्राउ गरिएको छ । सव–इन्जिनियर झाँले घुस बापत लिएको एक लाख रुपियाँ नगद सहित झाँलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । झाँलाई क्षेत्रिय कार्यालय बुटवलबाट खटिएको अख्तियारका टोलीले उनकै निवासबाट पक्राउ गरिएको हो ।