डा. केसीका अगाडि केपी – प्रचण्ड केही पनि होइनन् – हस्तवहादुर केसी
नेपाली जनताले बुझ्ने कुरा के छ भने डा. “गोविन्द केसीका अगाडि केपी र प्रचण्ड केही पनि होइनन् । किनकि डा. गोविन्द केसी त सर्वसाधारण जनताका छोराछोरीले मेडिकल शिक्षा अर्थात् MBBS DOCTER गाउँ गाउँमा सुलभ र सरल रुपमा सस्तोमा पढ्न पाउनु पर्छ , राजधानी काठमाडौमा मात्रै मेडिकल खोलिनु हुदैन , मेडिकल कलेजहरु राजधानी काठमाडौ भन्दा बाहिर लैजानु पर्छ र मेडिकल शैक्षिक माफिया हरुबाट मुक्त गर्नु पर्छ” भनेर डा. केसी मर्न डराएनन् ।
पछिल्लो पटक डा. केसी अन्सन बस्न जुम्ला पुगे । यसले केपी प्रचण्डलाई सैह्य भएन र डा. केसीलाई नेपाली सेना र पुलिसलाई दुरुपयोग गरेर अपहरण शैलीमा एउटा अपराधीलाई झै गरि नेपाली सेनाद्वारा बल प्रयोग गरी काठमाडौं ल्याइयो ।
केपी ,प्रचण्डले अाफ्ना दलाल र शैक्षिक माफियाहरुलाई लगाएर बंगलादेशमा मेडिकल शिक्षा अार्जन गर्न गएका नेपाली छोरी – चेलीबेटीहरुको अस्मिता लुट्ने र बेइज्जत गर्ने अासयले बोल्न लगाइयो र अाफ्ना भरौटे सभाषदहरुलाई मन्त्री दिलाउने अाश्वासन दिलाएर गोविन्द केसी लाई देश निकाला गर्नु पर्छ , डा. गोविन्द केसी हत्यारो भनेर संसदको रोष्टमबाटै बोल्न लगाइयो ।
यश प्रकारको षड्यन्त्र गर्ने , जनताका छोराछोरीलागि खेलबाड गर्ने , शैक्षिक माफियाहरुको चंगुलमा नाचेर जनताका छोराछोरीहरुलाई MBBS पढ्नलाई लाखौं खर्च गर्न लगाउने र नेपालमा पढ्न नसकेर अाफ्नै लगानीमा बंगलादेशमा अध्ययन गरिरहेका नेपाली चेलीबेटीहरुको ईज्जत् र अस्मितामाथि अाँच अाउने गरि शैक्षिक माफियाहरुलाई बोल्न लगाउने र डा. गोविन्द केसीले नेपाली जनताका लागि मेडिकल शिक्षाको सुधारको माग राखेर २७ दिन सम्म भोगहड्ताल गरेर जीवन मरणको लडाइँ लडिरहेको बेला शैक्षिक माफिया तथा शैक्षिक दलाल दुर्गा प्रसाँईको घरमा गएर एक थाल मार्सि चामलको भात खाएर झुसिल डकार कार्दै बिना लाजै नेपाली जनताका सामु छाती फुल्याउदै हिड्ने केपी – प्रचण्ड भन्दा त डा. गोविन्द केसी धेरै माथि छन् ।
डा. गोविन्द केसी बरु भोकभोकै मर्न तयार भए जनताका छोराछोरीहरुलाई सुलभ तरिकाले मेडिकल शिक्षा दिलाउनका निम्ति भनेर । उनलेे जनताका लागि कतै छलछाम र षड्यन्त्र तथा बेइमानी गरेको पाइएको छैन ।
डा. गोविन्द केसीले कतै पनि जनतालाई ढाँटेको र झुक्याएको देखिएको छैन ।
तर झापा अान्दोलनको छाला देखाएर , झापा अान्दोलनको ब्याज खाँदै केपी अोली र दस वर्षे जनयुद्धको छाला देखाएर , दस वर्वे जनयुद्धको ब्याज खाँदै प्रचण्ड एण्ड कम्पनीले नेपाली जनतलाई कतिसम्म ढाँट्दै अाएका छन् । नेपाली जनताप्रति केपी अोली र प्रचण्डहरुले कति बेइमानी गर्दै अाएका छन् यी कुतत्वले भन्ने कुरा नेपाली समाजमा दिनको घाम जत्तिकै छर्लङ्गै छ ।
केपी – प्रचण्डले नेपाली जनतालाई कति पटक भेडा बाख्रा बनाए भन्ने कुरा पनि दिनको घाम जत्तिकै छर्लङ्गै छ ।
कम्युनिस्टभएको झुठो प्रचार गरेर ,वामपन्थी गठबन्धनको झुठो नारा दिएर जनतालाई झुक्याएर अहिले दलाल तथा नोकरशाही पुँजीवर्गको सेवा गर्दै त्यही वर्गको संरक्षण गर्ने दलाल सरकार चलाई रहेका छन् ।
यी तमाम जनबिरोधि र राष्ट्र बिरोधि काम त डा. केसीले नगरेका कारण केपी , प्रचण्डका अगाडि डा. गोविन्द केसी सैयौ गुणा अगाडि छन् ।