संसदीय विशेष सुनुवाई समितिको बैठक १६ गतेसम्मको लागि स्थगित
काठमाडौं, १४ साउन । संसदीय विशेष सुनुवाई समितिले आज पनि सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीश दीपक राज जोशीको प्रधानन्यायाधीशको लागि गरिएको सिफारिश अनुमोदन गर्न सकेन । समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जोशीबारे सुनुवाई भएपनि छलफलको क्रम अझैँ पनि बाँकी नै रहेकोले आगामि १६ गतेसम्मको लागि बैठक स्थगित गरिएको जानकारी गराएका छन् । सोही निर्णयको लागि छलफलको क्रम नसकिएको भन्दै बैठक साउन १६ गतेसम्मको लागि स्थगित गरिएको छ । जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएका कारण समितिका सदस्याहरु असन्तुष्ट बनेका छन् । कामु प्रधानन्यायाधीश जोशीको गत बिहीबार सुनुवाइ भएको थियो । तर, उनी विवादमा तानिएकाले प्रधानन्यायाधीश बनाउने या नबनाउने भन्नेमा अन्योलता उत्पन्न भएको छ ।