साझा प्रकाशनका कर्मचारीद्वारा महाप्रबन्धकको राजीनामा माग

२०७५ श्रावण १५ गते, मंगलवार

काठमाडौं, १५ साउन । साझा प्रकाशनका अवकाशप्राप्त कर्मचारीहरुले सेवा–सुविधा नदिइ जबर्जस्ती हटाएको भन्दै धर्ना दिएका छन् ।
उनीहरुले कर्मचारी उपदान रकम उपलब्ध गराउन माग गर्दै महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको राजीनामा समेत मागेका छन् । महाप्रबन्धक शर्माले असार मसान्तसम्ममा उपदानको रकम उपलब्ध गराउने र उपलब्ध गराउन नसके सबै कर्मचारीलाई पुनर्बहाली गर्ने लिखित प्रतिबद्धता गरेको दाबी उनीहरुको छ । उपदान दिनकै लागि भनेर साझा प्रकाशनले अर्थ र शिक्षा मन्त्रालयबाट ३० करोड रुपैयाँ रकम निकाले पनि आफूहरुले अत्यन्तै न्यून रकममात्र पाएको उनीहरुको भनाइ छ ।

प्रतिक्रियाहरु

[anycomment]