प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाइ हुदै
काठमाडौं, १८ साउन । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको विषयमा निर्णय गर्न आज पनि संसदीय सुनुवाई विशेष समितिको बैठक बस्दैछ । जोशीको विषयमा निर्णय गर्न अड्किँदा एक सातादेखि सुनुवाई समितिको बैठक लम्बिएको छ । जोशीको शैक्षिक प्रमाणपत्र र उनले विगतमा गरेका केही फैसलाका बारेमा समितिमा उजुरीहरु परेका थिए ।
उनको नियुक्तिलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने बारेमा निर्णय लिने जिम्मेवारी पाएको संसदीय विशेष सुनुवाइ समितिको बैठक तेश्रो पटक सम्म सारिएको थियो । आज बस्ने बैठकले जोशीलाई अनुमोदन गर्ने/नगर्ने बारे निर्णय गर्नेछ । यस्तै, समितिले थप अनुसन्धानका लागि उपसमिति गठन गरेर उपसमितिको अनुसन्धान पछि मात्रै निर्णय लिने तयारी समेत गरिएको समिति सदस्य अमृता थापाले जानकारी दिईन । बैठक १० बजेका लागि बोलाइएको छ ।