सुकुम्बासी संघ कैलालीको अध्यक्षमा सञ्जु

काठमाडौं, १८ साउन । अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ कैलालीको अध्यक्षमा सञ्जु चौधरी निर्वाचित भएकी छन् । नेपाल कम्युनिस्ट पार्टी निकट संघको विहीबार सम्पन्न प्रथम जिल्ला सम्मेलनले चौधरीको अध्यक्षमा २७ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ । सम्मेलनले उपाध्यक्षमा हर्क देउवा, सचिवमा धनबहादु बिक, सहसचिवमा सर्जन शाही, कोषध्यक्षमा सम्भु शाही रहेका छन् । त्यसैगरी अन्य सदस्यहरुमा लोकेन्द्र शाही, पूर्ण खड्का, अमर भण्डारी, प्रकाश चौधरी, नरबहादुर धामी, आशाराम चौधरी, लौहन चौधरी, हरीप्रसाद चौधरी, लिला बिसी, जैसिंह सुनार, नन्दा बिक, चन्दु परियार, कमल विरही बिक, सल्मा चौधरी, महनराज, मुन्नी चौधरी, शिव प्रसाद चौधरी, दिनेश सिंह, धनबहादुर रावल रहेका छन् । प्रथम जिल्ला सम्मेलन उद्घाटन पूर्व हजारौँको सहभागितामा र्याली निकालिएको थियो ।
कार्यक्रमको अतिथिमा अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका केन्द्रीय उपाध्यक्ष मिनराज गिरीले भूमाफियाहरुविरुद्ध सम्पूर्ण सुकुम्बासी एक हुनु पर्ने बताए । सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टी सेती व्युरो सदस्य विवेक कुमाल, अखिल क्रान्तिकारीका कैलाली अध्यक्ष बबरजङ्ग सिंह, अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष लोकबहादुर पल्ली मगरलगायतले सम्मेलनमा शुभकामना दिएका थिए । सम्मेलनले सुकुम्बासीको उठिबास लगाउनेविरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ ।