प्रस्तावित प्रधानन्यायाधीश जोशीको नाम अस्वीकृत

काठमाडौं, १८ साउन । संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेको छ । आज बिहान १० बजेदेखि बसेको बैठकको दुईतिहाइ बहुमतले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेको हो । बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने बैठक बहिस्कार गरेको छ । कांग्रेसले बैठक बहिस्कार गरेपछि बाँकी १० जना सत्तापक्षीय सांसदले जोशीकोविरुद्धमा मत दिएका थिए । जोशीको पक्षमा भने एक भोट पनि खसेन । बैठकमा सत्ता र प्रतिपक्षी दलबीच प्रस्तावित प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्नेमा सहमति नबनेपछि बहुमतले निर्णय लिइएको हो ।