नेकपाका नेता गिरफ्तार

काठमाडौं, १८ साउन । नेपाल कम्युनिस्ट पार्टी सुनसरीका सेक्रेटरी पुष्प कोईराला र कोशी व्युरो सदस्य डिवि सिलवाललाई प्रहरीले गिराफ्तार गरेको छ । कोईराला र सिलवाललाई विना कारण गिराफ्तार गरेकोमा नेपाल कम्युनिस्ट पार्टी सुनसरीका इन्चार्ज प्रज्वलले गम्भीर आपत्ति जनाएका छन । इन्चार्ज प्रज्वलले आज एक बिज्ञप्ती जारी गर्दै अविलम्व रिहाई गर्न माग गरेका छन । इन्चार्ज प्रज्वलद्वारा जारी गरिएको बिज्ञाप्तिमा ‘दलाल सत्ताले हाम्रा सहयोद्धा तथा सुनसरी पार्टी सेक्रेटरी कमरेड पुष्प कोईराला र कोशी व्युरो सदस्य कमरेड डिवि सिलवाललाई विना कारण जनताको घरमा बसिरहेका बेला गैर न्यायिक गिराफ्तार गरेको छ । यसको घोर भत्र्सना गर्दै सुनसरीबाट पक्राउ परेका सबै कमरेडहरुको अविलम्व रिहाई गर्न अनुरोध गरीन्छ । अन्यथा पार्टीले सघर्ष गर्न बाध्य हुने चेतावनी दिन चाहन्छौं । दमनले क्रान्तिको अभियान रोकिने छैन ‘ भन्ने उल्लेख छ ।