नेपाली सेनाका मेजर थापा गिरफ्तार
काठमाडौं , २० साउन । प्रधानसेनापति राजेन्द्र क्षत्रीको ठाडो आदेशमा शान्ति मिसनबाट भर्खरै फर्किएका सेनाका मेजर राजेश थापालाइ सेनाले पक्राउ गरी सैनिक प्रहरी हिरासतमा राखेको छ । नेपाली सेनाका मेजर राजेश थापालाई भर्ना छनौटमा लेनदेन गरेको आरोपमा पक्राउ गरिएको नयापेज डट कमले जनाएको छ । सेनामा ड्राइभर भर्ना गर्दा करीब ४० लाख रुपैयाँभन्दा बढी उठाएको आरोप उनलाई लगाइएको प्राप्त समाचारमा जनाइएको छ । उनी यसअघि एमटी गणको सहायक गणपति हुँदा उनले पैसा उठाएको आरोप लागेको हो । सेनाले उक्त घटनाको छानविन गर्न कोर्ट अफ इन्क्वाइरी गठन गरेको छ । सहायकरथी सीताराम खड्काको नेतृत्वमा बनेको समितिले घटनाको अनुसन्धान गरिरहेको स्रोतको दाबी छ । थापा भर्खरै मात्र शान्ति सेनाको मिसनबाट फर्किएका थिए ।