हत्यारालाई मन्त्री , राजनीतिक नेता प्रकाण्डलाई हत्कडी !

काठमाडौं, २४ साउन । राजनीतिक विश्लेषक भरत दाहालले नेकपाका प्रवक्तालार्इ गरिएकाे गिरफ्तारीकाे सरकारको कडा शव्दमा विराेध र भर्त्सना गरेका छन् । विश्लेषक दाहालले सामाजिक संजाल फेसबुकबाट अाेली सरकारले प्रहरीका हत्याराहरूलार्इ सभासद र मन्त्री बनाउने तर राजनीतिक लक्ष्य बाेकेर हिडेका याेद्धाहरूलार्इ हत्कडी लगाउनु याे देशमा सरकार अस्थीरता निम्ताउन खाेजेकाे ठोकुवा गरेका छन् । दाहालले अाेली साम्राज्यवादकाे एजेण्ट बनेर नेकपाका राजनीतिक अास्था बाेकेका नेताहरूलार्इ हत्कडी लगाएकाे ठोकुवा गरेका छन छ ।
‘प्रहरीकाे हत्या गर्ने हत्याकाे अभियाेग लागेकाे हत्यारालार्इ प्रदेश मन्त्रीका रूपमा प्रहरी सुरक्षा ! राजनीतिक मतकाे प्रचार गर्दै हिंड्ने प्रकाण्डलार्इ हत्कडी ?’ दाहाले भने भनेका छन्, ‘अाेली सरकार सचेत रूपमा वातावरण अस्थिर बनाउने खेलमा लागेकाे छ। यही हाे, साम्राज्यवादका एजेन्टहरू र नेपालीहरूका बिचकाे भिन्नता।’ नेकपाका प्रवक्ताकाे गिरफ्तारीलार्इ लिएर पत्रकार, नागरिक समाज र मानवअधिकारकर्मी सबैले विराेध गरेका छन् ।