‘राज्य नेकपामाथि राजनीतिक प्रतिशोध साँध्दै छ ‘

काठमाडौं, ८ भदौ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले आफू राजनीतिक प्राणी भएको र सरकारमा बस्ने दलाल शासकहरुले आफ्नो दलाल र जनघाती सत्ता टिकाउन प्रतिशोध साधन आफूलगायत नेकपाका जिम्मेवार नेता कार्यकर्तामाथि संगठित अपराधको कसुर गरेको अभियोग लगाएको बताएका छन । क्रान्तिकारी पत्रकार संगठन नेपालका प्रतिनिधिहरुसँगको भेटमा प्रवक्ता प्रकाण्डले राज्यले नेकपामाथि राजनीतिक प्रतिशोध साँध्दै तिनका नेता-कार्यकर्तालाई काल्पनिक र आधारहीन मुद्दाको सहरा लिएर फसाउने र दुःख दिने काम गरिरहेको बताए । भेटपछिको कुराकानीमा ‘हामीले संगठित अपराध गरेका छन् भन्ने कुरा त केपी प्रचण्डलाई पनि लागेको छैन’ प्रकाण्डले भने ‘तर राजनीतिमा बेइमानी भएपछि निकृष्ट तहसम्म ओर्लन्छन् भन्ने प्रमाण केपी प्रचण्ड र बादल हुन् ।’ सरकारले आफैंले बनाएको कानून उल्लंघन गरेर समाजलाई आतंकित पार्ने र सत्ताको आयु लम्ब्याउने कुचेष्टाबाहेक केही नभएको बताएका छन् । नेकपा देश र नेपाली जनताको स्वाधीनता र समृद्धिको लागि राजनीतिक पार्टी र क्रान्तिकारी शक्ति भएको र यसले अपराधिक गतिविधि कहीकतै नगरेको र त्यस्तो कुराको कल्पनासम्मन पनि गर्न नसकिने प्रष्ट पारे ।
यसै विषयमा प्रकाण्डले सरकारसँग प्रश्न समेत तेस्र्याए । के राज्यले नेकपालाई नेकपालाई अपराधिक संगठन घोषणा गर्ने हिम्मत राख्छ ? देश, जनताको जीवनको रक्षा, आत्मनिर्भर, राष्टियता, काला बजारिया भ्रष्टचारीको अन्त्य, शिक्षा, स्वास्थ्य राज्यले निशुल्क दिनुपर्ने, स्वाभिमानसहित बाँच्न पाउनुपर्ने, देशभित्र रोजगारी सिर्जना गरेर लाखौं युवालाई विदेशीको गुलामी हुनबाट जोगाउने, नागरिकलाई देशभक्त बनाउने र राजनीतिक अधिकारसहितको राज्यव्यवस्था स्थापना गर्ने जस्ता विषयमा जनजागरणसहित राजनीतिक संघर्ष गरिरहेको नेकपाले गर्ने गतिविधि कसरी अपराधिक भयो ? कसैलाई मनमा लागेको भरमा जनताको पक्षमा काम गरिरहेको पार्टी र तिनका नेता कार्यकर्तालाई अपराधी सावित गराउन खोज्नु भनेको दिउँसै रात पार्न खोज्या जस्तै हो प्रकाण्डले भने ।
नेकपालाई अपराधिक संगठन गरेर राजनीतिक रुपमै प्रतिबन्द लगाएको घोषणा गरेको भोलिपल्टबाट देशमा के हुन्छ भन्ने कुरा सरकारमा बस्ने मुख्य मान्छेहरुले राम्ररी बुझेका छन् उनले भने । सरकारले नेकपासँग राजनीतिक प्रतिस्पर्धा गर्न नसकेपछि नेकपामाथिको गिरफ्तार, दमन गर्ने र झुठा मुद्दाको सहारा लिन पुगेको उनको धारणा छ । राष्टिय मानवअधिकार अायोगकै निर्देशन नमान्ने सरकारलाई जनताले नमान्ने बताए । परिवर्तनकारीमाथि दमन र अत्याचार मात्र नभई सरकारले आफ्नै सर्वोच्च अदालतको आदेश कुल्चँदै केपीप्रचण्डको सरकार फासीवादी र ओरालोतर्फ लागेको तर्क उनको छ । अहिले सरकारले प्रकाण्डमाथि पनि संगठित अपराधको अभियोग लगाएर मुद्दा लगाउने तयारी भइरहेको बेला प्रवक्ता प्रकाण्डको यस्तो धारणा अाएको हो ।
एक अर्को प्रसंगमा प्रकाण्डले पत्रकारिताको नाममा नेकपाविरुद्ध सीआईडीको काम गरिरहेको उल्लेख गर्दै पार्टी र नेताको क्रान्तिकारिता र इमान्दारिताविरुद्ध केन्द्रित गतिविधि नगर्न र गलत समाचार नलेख्न समेत सचेत गराए । ‘केही पात्र आफूलाई पत्रकार बताउँदै भेट गरेको र त्यसपछि तिनै पात्रहरुले पार्टी र नेताविरुद्ध उल्टो र अनर्गल प्रचार गरे । यो तरिका सही होइन । पत्रकारितामा इमान्दारिता र निष्पक्ष भएन भने देश र जनतामाथि धोका हुन्छ’ उनले भने ।